चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सहकार्य गर्न आह्वान गरेका छन् । चितवनको रामनगरमा आज खानेपानीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर आएपछि दलको प्रतिस्पर्धी नभइ जनताको सेवक भएकाले मिलेर काम गर्न आग्रह गरे । उनले धरान उपमहानरका मेयर हर्क साम्पाङको प्रेरणाबाट चितवनमा अहिले पानी ल्याएको बताए ।
उनले भने, ‘हर्क साम्पाङले धरानमा ढुंगा बोक्ने अभियान सुरू नगरेको भए मलाई पानी ल्याउने कुरामा प्रेरणा मिल्ने थिएन । आज उहाँ विशेष कारणले उपस्थित हुन सक्नुभएन ।’ उनले काठमाडौं महानगरका मेयर बालेन शाहबाट पनि प्रेरणा लिएको बताए । रविले नयाँ र पुराना दलहरूबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताए । शिक्षा र स्वास्थ्यमा बालेनले गरेको कामबाट आफूलाई प्रेरणा मिलेको बताए । विस्तारै एकएक गर्दै देशलाई नै आत्मनिर्भर बनाउँदै जानुपर्ने बताए । उनले भने, ‘आज हामीले यहाँबाट एउटा अभियान थालौं । म चितवनवासीलाई आह्वान गर्न चाहन्छु । आजबाट चितवनमा विदेशबाट आएका माछा र केरालाई प्रवेश निषेध गरौं । हामी यही उत्पादनमा आत्मनिर्भर बनौं । हामी त्यसमा आत्मनिर्भर बन्न सक्छौं ।’
उनले चितवनको आफ्नो कार्यालयमा राख्न पाँच सयबाट एकजना सीईओ छानिसकेको बताउँदै चाँडै कार्यालय उद्घाटन गर्ने बताए । उनले सिइओको नाम नखुलाए पनि विदेशबाट सेवा सुविधा त्यागेर आएको व्यक्ति भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने