नेपाल भर्सेस अमेरिका : वेस्ट इण्डिजविरुद्ध शतक प्रहार गरेका गजानन्दलाई ऐरीले गरे आउट

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १४ : ५६
नेपाल भर्सेस अमेरिका : वेस्ट इण्डिजविरुद्ध शतक प्रहार गरेका गजानन्दलाई ऐरीले गरे आउट

काठमाडौं।आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इण्डिजविरुद्ध शतक प्रहार गरेका अमेरिकका गजानन्द सिंहलाई नेपालका दीपेन्द्रसिंह ऐरीले आउट गरेका छन् । दोस्रो खेलमा अमेरिकाविरुद्ध ऐरीले ४१ बलमा २६ रन बनाएर खेलिरहेका गजानन्दलाई आउट गरेका हुन् ।

आरिफ शेखले क्याच गर्दा पाँचौ विकेटको लागि भइरहेको लामो साझेदारी टुटेको थियो ।टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि करण केसीले ४ विकेट लिएपछि अमेरिका दबाबमा आएको थियो । १९ रन हुँदा नेपालले ४ विकेट लिएको लिएको थियो ।