बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्छ : महामन्त्री थापा

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, २० : १५
बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन। सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताए । महामन्त्री थापाले कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताए।

महामन्त्री थापाले कांग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि कांग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गरे । उनले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताए ।

महामन्त्री थापाले कांग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताए । उनले देश अफ्ठ्यारोमा भएको बेला कांग्रेसले देशलाई ठिक ढङ्गले सम्हाल्न सक्नुपर्ने बताए । उनले यस्तो बेलामा कांग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताए ।

महामन्त्री थापाले सिङ्गो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता रहेको बताए । उनले कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो नहुने बताए । महामन्त्री थापाले कांग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए। उनले देश बदल्न सकिन्छ भन्ने आत्माविश्वास लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस