काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको परिवर्तनका लागि प्रगतिशील शक्ति एकताबद्ध भएर समाजवादी मोर्चा गठन गरिएको बताएका छन् ।
समाजवादी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनका लागि आफूहरू एक ठाउँमा उभिनुपरेको दाबी गरे ।
राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा त्यसको अनुभूति हुन नसकेको बताउँदै उनले अब सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताए । शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन भई जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको यादवको दाबी छ ।
समाजवादी मोर्चाको उद्देश्य गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता उपलब्धि सुनिश्चित गर्ने रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
भूमि विधेयक ल्याएर सरकारले सङ्घीयतामाथि प्रहार गर्यो : अध्यक्ष यादव