कोसी सरकार र पहिचान पक्षधरबीच पहिलो चरणको वार्ता सकियो

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, १५ : ०३
कोसी सरकार र पहिचान पक्षधरबीच पहिलो चरणको वार्ता सकियो

काठमाडौं । कोसी प्रदेश सरकार र पहिचान पक्षधरबीच पहिलो चरणको वार्ता सकिएको छ। सोमबार प्रदेश राजधानी विराटनगरमा भएको वार्तामा प्रदेश सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं सिँचाई, खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोलगायका मन्त्रीहरू सहभागी रहँदा पहिचान पक्षधरबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङलगायतका व्यक्तिहरू सहभागी रहेका थिए।

पहिलो चरणको वार्ता करिब ४ घण्टा चलेको र अर्को वार्ता आपसी सहमतिमा गर्ने गरी टुङ्गिएको बताइएको छ। प्रदेशको नामांकनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचानवादीसँग सरकारले पहिलोपटक औपचारिक वार्ता गरेको हो।

प्रदेश सरकारले प्रदेशको नाम कोसी राखेपछि आन्दोलन चर्किएको थियो।

प्रतिक्रिया दिनुहोस