दाङमा शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

विहीबार, १७ साउन २०७५, ०९ : ४०
दाङमा शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

तुलसीपुर  ।  आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिनुभयो ।

भदौदेखि हरेक शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरेर सम्पूर्ण सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । जिल्लाका दशवटै स्थानीय तहलाई शनिबार कार्यालय सञ्चालन गर्नेबारे सुझाव दिन पत्राचार समेत गरिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस