नेसन्स लिगको उपाधि स्पेनले जित्यो

एजेन्सी

सोमबार, ०४ असार २०८०, ०८ : २७
नेसन्स लिगको उपाधि स्पेनले जित्यो

File pic

एजेन्सी । क्रोएसियालाई टाइब्रेकरबाट ५–४ ले पराजित गर्दै स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको छ । 

निर्धारित र अतिरिक्त समयमा पनि गोल ननिस्के पछि खेल ट्राइबेकरमा पुगेको थियो ।​

ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुदैँ लिग च्याम्पियनको उपाधी हासिल गर्न सफल भएको हो । 

यसैबीच नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटाली नेसन्स लिगमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस