कालीगण्डकीमा किशोरीको शव फेला

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०८०, २० : २४
कालीगण्डकीमा किशोरीको शव फेला

पाल्पा। कालीगण्डकी नदीमा बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता किशोरीको आज शव फेला परेको छ । गर्मीले नदीमा नुहाउने क्रममा रामपुर नगरपालिका–८, भुजातघाटमा नुहाउने क्रममा बेपत्ता १४ वर्षीया पार्वती राम्जालीमगर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

राम्जालीको शव रामपुर नगरपालिका–८ कै आँपचौरस्थित कालीगण्डकी नदीमा डुबेको अवस्थामा भेटिएको हो । पौडी खेलेको स्थानदेखि करिब एक किलोमिटर तल्लो भागमा उनको शव भेटिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस