साउदी । गैरआवासीय नेपाली संघले (एनआरएनए) आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलनको आयोजना ओमनमा असार १३ देखि १५ (२८– ३० जुन) सम्म गर्ने भएको छ।
यस सम्मेलनले मध्यपूर्वका देशमा रहेका नेपालीको समस्या समाधानका लागि दीर्घकालीन योजना खोज्ने, नेपाली श्रमिकको हक हितका लागि राष्ट्रिय योजनाबाट कार्य अगाडि बढाउने, विदेशबाट नेपालीलाई श्रम स्वीकृति नवीकरण गर्न जोड दिने, सामाजिक सुरक्षा व्यवस्थापन, श्रमिक सम्झौता, वैदेशिक रोजगारमा रहेका नेपालीको भोटिङ व्यवस्था, घरेलु महिला कामदार समस्या समाधानलगायतका लागि सरकारको ध्यानाकर्षण गराइने उद्देश्य रहेको छ।
सम्मेलनमा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामत्री पूर्णबहादुर खड्का, बिशिष्ट अतिथि श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, निर्वाचन आयोग प्रमुख दिनेश थपलियालगायत नेपाली राजदूतहरू र गैरआवसीय नेपाली संघ आईसीसीका अध्यक्षसहित अन्य पदाधिकारीको सहभागी हुनेछ।
साथै साउदी अरेबिया, कतार, यूएई, बहराइन, ओमन, कुवेत, इराकलगायतका राष्ट्रिय परिषद्को सहभागी हुने जनाइएको छ। सम्मेलन ओमन सहरको होलिडे होटलमा हुने ओमनस्थित एनआरएनएका अध्यक्ष बिकल झाले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की