समाजवादी मोर्चा भोलि घोषणा हुँदै, मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०८०, १२ : ४६
समाजवादी मोर्चा भोलि घोषणा हुँदै, मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति

काठमाडौैं । नेकपा (माओवादी केन्द्र), जनता समाजावदी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा सम्मलित नयाँ समाजवादी मोर्चा घोषणा हुने भएको छ । उक्त मोर्चा भोलि (सोमबार) विहान राष्ट्रिय सभा गृहमा घोषणा हुने भएको हो । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लामो समयदेखि मोर्चा गठनको तयारी गरेका थिए ।

आज चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिबमोजिम समाजवादी मोर्चाको नेतृत्व आलोपालो हुनेछ । उक्त मोर्चामा नेपाल समाजवादी पार्टी पनि सहभागी हुने भनिएको थियो । तर, आज चार दलका शीर्ष नेताहरुको मात्रै बैठक बसेको हो । त्यसमा बाबुराम भट्टराई मिसिएका थिएनन् । भोलि घोषणा हुने उक्त मोर्चामा बाबुराम सहभागी हुन्छन वा हुँदैनन् भन्ने अहिले स्पष्ट भएको छैन् । तर, प्रधानमन्त्री दाहाल भने बाबुरामलाई फकाउन लागिपरेका छन् ।