काठमाडौं । मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको हो ।
सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चालको निगरानी भइरहेको उल्लेख गरिएको छ ।राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै पाँच बजे उपचारका लागि भर्ना भएका थिए ।
गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुन: समस्या देखिएको हो ।
राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सेवा, करुणा र शान्ति नेपाली जीवनदर्शनका मूल आधार’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा वैकल्पिक, विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल
किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल
राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
‘हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो’ : राष्ट्रपति पौडेल