काठमाडौँ । समाजवादी मोर्चा गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।
बैठकमा नेकपा माओवादी केन्द्र सहित जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
आगामी समाजवादी मोर्चा घोषणाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भइरहेको छ ।
समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलाई समेट्ने विषयमा छलफल हुने बताएको छ । सोमबार वा मङ्गलवार समाजवादी मोर्चा घोषणा गर्न लागिएको बताइएको छ ।
समाजवादी मोर्चाको ड्राफ्ट तयार गर्न माओवादी प्रवक्ता कृष्णबहादुर महरा, जसपा नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने