काठमाडौ । काभ्रेको बनेपा नगरपालिका–८ बाट प्रहरीले प्रतिबन्धित खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बनेपा र लागूऔषध नियन्त्रण ब्युरो सहितको प्रहरी टोलीले खैरो हिरोइनसहित काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको १९ वर्षीया युवती र भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ का ३० वर्षीय युवकलाई पक्राउ गरेको हो ।
बिहीवार राति ८ बजे उनीहरूबाट ६५ ग्राम खैरो हिरोइन, डिजिटल तराजु १ थान, ३ लाख १९ हजार र आइफोन–११ एक थान बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवैलाई शुक्रवार जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसूरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।
घटनाले काभ्रेमा ७ महिनापछि लागूऔषध कारोबारी पुनः सक्रिय भएको देखिन्छ । प्रहरीले प्रतिबन्धित औषधि कारोबार गरेको आरोपमा २०७९ कात्तिकमा बनेपा र पनौतीका ४ जनालाई पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले लागूऔषधसहित चारै जना २२ वर्षकालाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट डाइजापाम एम्पुल १७ थान, बुप्रिनोफाइन एम्पुल १५ थान, फेनेगर्नन १७ थान, नुफिन एम्पुल दुई, ‘नाइट्राभेट–१०’ ७० चक्की, लाइफलाइन लेखिएको सिरिञ्ज ५ थान तथा नगद ४३ हजार बरामद गरिएको थियो । त्यसयता लागूऔषधका कुनै पनि घटना सार्वजनिक भएका थिएनन् ।
प्रहरीले पक्राउ परेका सार्वजनिक गर्दै अनुसन्धानका म्याद थप गर्दै कसुरका आधारमा अदालतमार्फत सजाय दिलाउने गरेको छ । प्रहरीले गत भदौमा पनि ‘नियन्त्रित औषधि’सहित बनेपा नगरपालिका–८ उदय मेडिकल हलका सञ्चालकलाई पक्राउ गरेको थियो । मकैले नियन्त्रित औषधि विना ‘प्रेस्क्रिप्सन’ बिक्री गरेका कारण प्रहरीले उनको मेडिकल पसलबाट ठूलो मात्रामा औषधि समेत बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ