मेरो संलग्नता छैन, आदेश अध्ययन गर्छु : बालकृष्ण खाण

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, २० : ०१
मेरो संलग्नता छैन, आदेश अध्ययन गर्छु : बालकृष्ण खाण

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गरेर पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पछि अदालतबाट कारागार जानेक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘यसमा मेरो संलग्नता छैन । आदेश अध्ययन गर्छु, अब न्याय होला’, उनले भने ।

प्रतिक्रिया दिनुहोस