काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सिमित बन्ने बताएका छन । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले अहिले कांग्रेस व्यवहारवादी बन्दै चुक्दै गएको बताए ।
कोईरालाले कांग्रेसले सिद्धान्तहरुलाई छोड्दै जानु चिन्तको विषय भएको बताए । उनले कसैले पनि लोकरिजाँईको राजनीति गरेर चर्चा कमाउनुको कुनै अर्थ नरहने बताए । नेता कोईरालाले कांग्रेस विगतको गौरवमय चरित्रमा अल्मलिन थालेको महशुस आफूले गरेको पनि बताए ।
नेता कोईरालाले अहिले कुनैपनि संवैधानिक संस्थाहरुमा सवल बन्न नसकेको जिकिर गर्दै संसदको समेत अवस्था चिन्ताजनक रहेको उल्लेख गरे । उनले संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिनु, प्रधानमन्त्री बोले लगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादा विपरित भएको बताए ।
नेता कोईरालाले राजनीति देशमा कुनैपनि ठाउँमा राम्रो नरहेको दाबी गरे। उनले सरकारले संवैधानिक निकायहरु निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग,मानव अधिकार आयोग लगायतका निकायहरुको अधिकार कटौति गर्दासमेत सांसदहरु मौन बसेको बताए । नेता कोईरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताए। उनले अदालतका निर्णयहरु सरकारले नमान्ने जस्ता दण्डहीनताका कामहरु गरिरहेको बताए। उनले देश भूराजनीतिक भुमरिमा फस्दै गएको बताए ।
नेता कोईरालाले लोकप्रियताको नाममा लोकरिजाँईको राजनीत हाबी हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १९ : ५९
लेखकबाट थप