काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको बताएका छन् । आज संसदीय सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने मलाई लागेको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउनुस्, प्रमाणित भए म जुनसुकै पेसा छोडेर बाहिरिन तयार छु । मैले ४० सालदेखि हालसम्म अनियमितता गरेको छैन, प्रमाणित भएमा भोलि नै राजीनामा दिन तयार छु ।
उनले आफू विगतदेखि नै न्यायपालिका शुद्धिकरणका लागि लागेको भन्दै न्यायपालिका शुद्धिकरणका लागि लागिरहने दाबी गरेका छन् । उनले भने धेरैले वहालवाला न्यायाधीशको बारेमा प्रश्न उठाउनुभयो त्यसको बारेमा म जवाफ दिन सक्दिन, म न्यायापरिषदको अध्यक्ष मात्र हो अरू ४ जना सदस्य पनि छन् । सम्बन्धित निकायबाट उहाँमाथि छानबिन हुनेमा विश्वस्त छु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १० : ५७
लेखकबाट थप