शुक्रबारदेखि काठमाडौंका सार्वजनिक सवारी नयाँ बसपार्कबाट छुट्ने

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, २० : ३३
शुक्रबारदेखि काठमाडौंका सार्वजनिक सवारी नयाँ बसपार्कबाट छुट्ने

काठमाडौं। शुक्रबार अर्थात असार १ गतेदेखि काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीहरू गोङ्गगबुस्थित नयाँ बसपार्कबाट छुट्ने भएका छन्।

बिहीबार बसेको काठमाडौं महानगरपालिकामा सम्बन्धित सरोकारवालाहरूको बैठकले असार १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनहरू गोङ्गगबुस्थित नयाँ बसपार्कबाट छुट्ने निर्णय गरेको हो।

यस्तै, काठमाडौंका रिङ्गरोडमा रहेका सम्पूर्ण टिकट काउन्टरहरूपनि भोलिबाट हटाउने निर्णय गरिएको छ।
यसैगरी महानगरभित्र बस स्टप र सबैलाई पायक पर्ने टिकट काउन्टरका लागि एक कार्यदल बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस