विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अध्यादेशमार्फत आर्थिक मामिला मन्त्रालयको सभाहलमा आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन्
उनले वाचन गरेर सार्वजनिक गरेको बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ छुट्याइएको छ ।
बजेटमा केन्द्रका सांसदलाई विकास निर्माणमा छुट्याए जसरी कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रम पनि समावेश गरिएको छ । उक्त विकास कार्यक्रमका लागि १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।
विनियोजित बजेटमध्ये प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र समानुपातिक प्रदेशसभा सदस्य बनेकालाई १ करोड रुपैयाँ छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित