विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अध्यादेशमार्फत आर्थिक मामिला मन्त्रालयको सभाहलमा आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन्
उनले वाचन गरेर सार्वजनिक गरेको बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ छुट्याइएको छ ।
बजेटमा केन्द्रका सांसदलाई विकास निर्माणमा छुट्याए जसरी कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रम पनि समावेश गरिएको छ । उक्त विकास कार्यक्रमका लागि १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।
विनियोजित बजेटमध्ये प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र समानुपातिक प्रदेशसभा सदस्य बनेकालाई १ करोड रुपैयाँ छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग