काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले देशका विभिन्न ५ ठाउँमा विपद् व्यवस्थापन वेश स्थापना गरेको छ । साथै अन्य २ ठाउँमा १/२ दिनभित्रै स्थापना गरिने एपीएफले जनाएको छ ।यस अघि धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको सुरक्षा वेशलाई विपद् व्यवस्थापन वेशको रुपमा स्तरोन्नति गरिएको छ । यस्तै म्याग्दीस्थित वेनीमा रहेको आश्रित गुल्म तथा डडेलधुराको अमरगढीस्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपद् व्यवस्थापन वेश स्थापनमा गरिएको हो ।
आदमघाट र निजगढमा सशस्त्र प्रहरी नायव उपरीक्षक र वेनी, मुलघाट तथा अमरगढीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक सामग्रीसहित विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति तैनाथ गरिएको छ ।
यसका साथै दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा १/२ दिन भित्रै वेश स्थापनाको तयारी रहेको एपीएफले जनाएको छ । भालुवाङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ ज्वालामाई गणमा अट्याच रहने र सुर्खेतको चिप्लेमा यस अघि नै रहेको सुरक्षा वेशलाई स्तरोन्नति गरी विपद् व्यवस्थापन वेश स्थापना गर्ने तयारी गरिएको हो ।
स्थापना भइसकेका विपद् व्यवस्थापन वेशमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ भने अन्य तीन ठाउँमा पठाउने प्रक्रियामा रहेको छ । एपीएफ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई ति ठाउँमा परिचालन गरिएको हो ।
यसबाट तत्काल मनसुन जन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपद्लाई समेत न्यूनीकरण गर्न र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहज हुने सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर