नेपाल आमा पार्टी र नेपाल सुशासन पाटीबीच एकता हुने

सफल खबर संवाददाता

मंगलबार, ३० जेठ २०८०, १५ : ४९
नेपाल आमा पार्टी र नेपाल सुशासन पाटीबीच एकता हुने

काठमाडौँ । नेपाल सुशासन पार्टी र नेपाल आमा पार्टीबीच निकट भविष्यमै पार्टी एकता हुने भएको छ । मंगलबार दुई दलले राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी निकट भविष्यमै पार्टी एकताको हुन लागेको बताएका हुन् । पार्टी एकताका लागि वार्ता अन्तिम चरणमा पुगेको र निकट भविष्यमै नेपाली राजनीतिको वैकल्पिक शक्तिका रूपमा उदाउने बताइएको छ ।

उक्त वैकल्पिक राजनैतिक शक्ति निर्माणमा सहभागी हुन देशभक्त राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा र स्वतन्त्र नागरिकलाईसमेत आह्वान गरिएको छ । ‘निर्वाचन आयोगमा दल दर्ता नं. १८ को नेपाल आमा पार्टी र दल दर्ता नं. १७७ को नेपाल सुशासन पार्टी निकट भविष्यमै एकीकरण हुने र यस सम्वन्धमा वार्ता अन्तिम चरणमा पुगेको घोषणा गर्न र वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आह्वान गर्न हामी उपस्थित भएका छौं,’  नेपाल आमा पार्टीका महासचिव विश्वनाथ गौतम र नेपाल सुशासन पार्टीका महासचिव गोविन्द गिरीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ । 

 

यी दूई पार्टी गत २०७९ मंसिर ४ को आम निर्वाचनमा पनि बच्चा काखमा लिएकी आमा चुनाव चिन्ह लिएर चुनाव चिन्ह लिएर संयुक्त रुपमा चुनावी अभियानमा सहभागी भएका थिए । नयाँ राजनीतिक शक्तिका रुपमा उदायका दलहरु पनि यथास्थितिमा रमाएको उनीहरुको आरोप छ । पदलोलुप प्रवृत्तिले राष्ट्रको भलो नगर्ने उनीहरुको ठम्याईँ छ ।

प्रतिक्रिया दिनुहोस