राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण

सफल खबर संवाददाता

मंगलबार, ३० जेठ २०८०, १४ : ५८
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनाले मंगलबार बेइजिङ स्थित माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका उनको सचिवालयले जानकारी दिएको छ । 

९ सदस्यीय संसदीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन पुगेका अध्यक्ष तिमिल्सिनाले मंगलबार नै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (चाईनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङसंग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस