बजेटमा बढेको असन्तुष्टिबारे बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुबिच छलफल

सफल खबर संवाददाता

मंगलबार, ३० जेठ २०८०, १२ : ३५
बजेटमा बढेको असन्तुष्टिबारे बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुबिच छलफल

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा.प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट विनियोजनप्रति चर्को असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले छुट्टाछुट्टै र सामूहिक छलफल थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस