काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटी होटल लिमिटेडको सेयर कारोबार सुरु भएको छ । आइतबार स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता १११.१० रुपैयाँ दरले यसको पहिलो कारोबार भएको हो ।
अब सोही भाउलाई आधार मानेर सिटी होटलको नियमित सेयर कारोबार हुनेछ । यस कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर बिहीबार सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८७ रुपैयाँ ८३ पैसादेखि २६२ रुपैयाँ ४९ पैसासम्म तोकेको थियो ।
सोही रेन्जको न्यूनतम विन्दु नजिकबाट सेयर कारोबार खुला भएको हो । ‘सीआइटीवाइ’ संकेतमा यस कम्पनीको सेयर कारोबार सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि
सेयर बजार २७३४ अंकमा झर्यो, घट्यो कारोबार
नेप्से परिसूचक १३.३ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
नेप्से ४ अंकले घट्यो, कारोबार साढे ५ अर्बमा सीमित