नेकपा (क्रान्तिकारी) माओवादीले मशालसँग एकताको पहल गर्ने

सफल खबर संवाददाता

आइतबार, २८ जेठ २०८०, १२ : २३
नेकपा (क्रान्तिकारी) माओवादीले मशालसँग एकताको पहल गर्ने

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीले नेकपा (मशाल)सँग पार्टी एकताका लागि पहल गर्ने भएको छ । अध्यक्ष वैद्यको अध्यक्षतामा बसेको सचिवालय बैठकले मशाललगायत अन्य क्रान्तिकारी समूह र व्यक्तिहरुसँग पनि एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।

अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिष्टको ध्रुवीकरणको कुरा उठाउँदै आएका छन् । वैद्यले केही समय अगाडि मात्रै विप्लवबाट छुट्टिएर बनेको नेकपा बहुमतसँग एकता गरेका थिए ।

साथै, बैठकले कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनलाई समर्थन गर्ने र विभिन्न आन्दोलनका क्रममा झुटा मुद्दा लगाइएका आफ्ना कार्यककर्ताको रिहाइको लागि प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस