नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट बहस सुरु

सफल खबर संवाददाता

आइतबार, २८ जेठ २०८०, ११ : ४७
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट बहस सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराईले बहस थालेका छन् । शुक्रबार टोपबहादुर रायमाझीको तर्फबाट पूर्वमहान्याधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस सकेपछि आइतबार भने सन्दीपको तर्फबाट भट्टराईले बहस सुरु गरेका हुन् । 

 

सन्दीपले सानु भण्डारीबाट ४० लाख रुपैयाँ लिएको भेटिएपछि पक्राउ परेका थिए । सानु र सन्दिपबीच व्यापारमा साझेदारी रहेको पनि भेटिएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान सकिएपछि प्रतिवादीहरुलाई थुनामा पठाउने कि नपठाउने भन्ने विषयमा क्रमशः थुनथेक बहस चलिरहेको छ । 

 

यो प्रकरणमा प्रहरीले टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाएको छ । जसमा १८ जना पक्राउ पर्दा १२ जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस