मुगु । खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा एक युवकको मुत्यु भएको छ ।
मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो ।
ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्याएका थिए । अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।
मुगु कर्णाली नदी र यसका सहायक खोलामा माछा मार्नका लागि पछिल्ला वर्षमा करेन्ट प्रयोग बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर दाजुभाइको मृत्यु
वीरगन्जमा पौडी खेल्ने क्रममा डुबेर २ दाजुभाईको मृत्यु
टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु
पाँचथरमा एकै वर्षमा लडेर २५ जनाको मृत्यु
करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु