लागुऔषधसहित एकजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २५ जेठ २०८०, १२ : ५६
लागुऔषधसहित एकजना पक्राउ

झापा ।  बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही नगरपालिका-८ गरामनी बस्ने वर्ष ४० वर्षीय अरुण राईलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ। 

प्रतिक्रिया दिनुहोस