दिवंगत लक्ष्मणबाबुको इच्छा पूरा गर्न विन्ध्यवासिनी मन्दिरमा ७५ लाखको गेट बनाइने

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०७५, १७ : ०५
दिवंगत लक्ष्मणबाबुको इच्छा पूरा गर्न विन्ध्यवासिनी मन्दिरमा ७५ लाखको गेट बनाइने

पोखरा । चितवन कोई प्रा. लि. का संस्थापक लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पोखरास्थित विन्ध्यवासिनी मन्दिरको मुख्य प्रवेशद्वार (गेट) निर्माण गरिने भएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले ७५ लाख रुपैयाँ खर्चेर नेवारी सँस्कृति झल्कने मन्दिरको मूल गेट निर्माण गर्ने भएको हो ।
विन्ध्यवासिनी मन्दिरमा मूलगेट निर्माणबारे मन्दिर विकास समितिसँग सहमति भइसकेको कोषले जनाएको छ । सहमतिका लागि कोषका उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव राजेशबाबु श्रेष्ठ, कोषाध्यक्ष रोशनबाबु श्रेष्ठ, पर्यटन व्यवसायी योगेन्द्र शाक्यको उपस्थिति रहेको थियो । विन्ध्यवासिनी मन्दिरको मूलगेट निर्माण कार्य असोज महिनाबाट सुरु हुने कोषका सचिव राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस