ए डिभिजन लिगमा मछिन्द्रद्वारा दोस्रो स्थान सुरक्षित

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, १९ : ३५
ए डिभिजन लिगमा मछिन्द्रद्वारा दोस्रो स्थान सुरक्षित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लवले दोस्रो स्थान सुरक्षित गरेको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३–१ गोलले पराजित गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ । जितसँगै मछिन्द्रले २५ खेलबाट ४२ अंकका साथ दोस्रो स्थानमा सुरक्षित रहेको छ । 

हिमालयन शेर्पाको समान खेलबाट ३१ अंक रहेको छ । त्यस्तै च्यासल रंगशालमा भएको खेलमा न्युरोड टीम एनआरटीले मनाङ मस्र्याङदी क्लवलाई १–० गोलले पराजित गरेको छ । एनआरटीका लागि निर्णयक गोल  खेलको १७ औं मिनेटमा दिपेश आलेमगरले गरेका थिए । दिपेशले आशिष राईको पासमा डिवक्स भित्रबाट गोल गरेका थिए । जितसँगै एनआरटी रेलिगेशनबाट बच्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस