सुदूरपश्चिम सरकारले कृषकलाई शून्य ब्याजदरमा ऋण दिने

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, १६ : ५०
सुदूरपश्चिम सरकारले कृषकलाई शून्य ब्याजदरमा ऋण दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

 

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

 

ऋण उपलब्ध गराउनको लागि सरकारले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन कोष स्थापना गर्ने भएको छ । सोही कोषमार्फत शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो ।

प्रतिक्रिया दिनुहोस