तनहुँमा माइक्रोेबस र ट्रक ठोक्किदाँ एक युवतीको मृत्यू

सोमबार, १४ साउन २०७५, १३ : ५९
तनहुँमा माइक्रोेबस र ट्रक ठोक्किदाँ  एक युवतीको  मृत्यू

तनहुँ । माइक्रोेबस र ट्रक एक आपसमा ठोक्किदाँ सोमबार बिहान तनहुँमा एक युवतीको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा भोजपुर जिल्ला बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परी सख्त घाइते भएकी राईको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौँ जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वीराजमार्ग सडक अन्र्तगत व्यास नगरपालिका वडा नं १२ छिर्कनेमा ठोकिदाँ सो दुर्घटना भएको हो ।
दुर्घटनामा सख्त घाइते भएका तीन जनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भैरहेको छ । (रासस)

 

प्रतिक्रिया दिनुहोस