कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २४ गते प्रस्तुत हुने भएको छ ।आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशको नीति तथा कार्यक्रम २४ गते प्रस्तुत हुने जानकारी गराएका हुन ।
‘प्रदेश प्रमुख देवराज जोशीबाट प्रदेशको नीति तथा कार्यक्रम बुधबार अपरान्ह ४ बजे प्रस्तुत हुने भएकाले सम्पूर्ण माननीयज्यूहरुलाई उपस्थित हुन अनुरोध छ’ सभामुख भण्डारीले भने।
सामान्यतया बजेट ल्याउनभन्दा १५ दिन अघि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । तर, प्रदेश सरकारले विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम ल्याउनमा ढिलाइ गरेको जनाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता धर्मराज पाठकले सरकारको गति सुस्त रहेको बताए। उनले सरकारले समयमै गर्न सक्नु पर्ने सामान्य काममा भन्दा भ्रमणमै व्यस्त देखिने गरेको बताए ।
उनले भने , सरकारले नीति तथा कार्यक्रम समयमै सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । असार १ गते बजेट सभामा पेश हुन्छ । नीति तथा कार्यक्रम जति ढिलो सभामा पेश भयो त्यतिनै सभामा हुने छलफल समय कम हुन्छ ।’
उनले सरकारले पूर्णता नपाउनु, विषयगत समितिमा सभापति चयन गर्न नसक्नु लगायतले सरकार कुन गतिले अघि बढेको छ भन्ने देखाइरहेको बताए।
नेता पाठकले भने -‘सरकारले अहिले सम्म पूर्णता नपाएकै कारणले नीति तथा कार्यक्रम समयमै सार्वजनिक गर्न नसकेको हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै