काठमाडौ । आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची थियो
अथमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो।
तर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत विपक्षी दलहरूको अवरोधका कारण संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न पाएन।
एमालेले नागरिकता, रेशम चौधरीको आममाफी र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा लिम्पियाधुरा–लिपुलेक बंगलादेशको बन्दरगाहसम्म पुग्ने पहुँचमार्गका लागि छाड्न सकिने भनेर अभिव्यक्ति दिएको भन्दै त्यसलाई विषय बनाएर उठेर विरोध जनायो।
त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत मिसिए।
बैठक एक घण्टाका लागि भनेर स्थगित गरिएको थियो। त्यसपछि पनि प्रतिपक्षी दलहरूसँग सहमति कायम हुन नसकेपछि सोमबार बिहान ११ बजेलाई तय गरिएको छ।
आजको सम्भावित कार्यसूचीमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने छ।
त्यसका अतिरिक्त दोस्रो संविधान सभा सदस्य, राप्रपाका सांसद श्यामसुन्दर टिवडेवाल र पूर्वराज्यमन्त्री तथा कांग्रेस नेतृ मीना पाण्डेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउनु कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल
प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत
नयाँ सरकार गठन भएपछिको पहिलो प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज