काठमाडौं। अर्थ मन्त्रालयले शेयर लगानीकताले तिरेको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर भएको स्पष्ट पारेको छ ।शेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पुँजीगत लाभकर नै अन्तिम कर हुने विषयमा सहमति भएपछि मन्त्रालयले विज्ञप्ति जारी गरेर लाभकरको विषयमा स्पष्ट पारेको हो ।
१५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटसँगैको आर्थिक विधेयकपछि शेयरमा लाग्ने पुँजीगत लाभकरमा विवाद भएको थियो । आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरू बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ ।
अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि सूचना जारी गर्दै शेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमाअनुसार दाखिला गरेको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र