काठमाडौँ । नेपाल किसान मजदुर पार्टीले नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा काठमाडौँमा प्रदर्शन गरेको छ ।
आइतबार पार्टीका सङ्गठनका नेता, कार्यकर्ताहरू भेला भई जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको र नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरीत भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शन काठमाडौँको कोटेश्वरदेखि संसद् भवनसम्म भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, ११ : ५९
लेखकबाट थप