बासी खानेकुरा खाँदा के हुन्छ ?

एजेन्सी

शनिबार, २० जेठ २०८०, १६ : ३०
बासी खानेकुरा खाँदा के हुन्छ ?

एजेन्सी । पकाएको खानेकुरा लामो समयसम्म राखेर खाँदा फुड पोइजनिङ र झाडापखालाको जोखिम बढ्छ । खानेकुरामा ब्याक्टेरियाका कारण खानाको रङ, गन्ध र स्वाद परिवर्तन हुन्छ । लामो समयसम्म फ्रिजमा स्टोर गरेको खाना खाँदा कालान्तरमा नसासम्बन्धी समस्या र क्यान्सरको समेत जोखिम बढेर जान्छ ।

फ्रिजमा कति समयसम्म राखेको खानेकुरा खानु उचित ?

जानीजानी फ्रिजमा धेरै खाना राख्नेले सबैभन्दा पहिले फ्रिजमा खाना खराब हुँदैन भन्ने भ्रमलाई हटाउनुपर्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जुन निश्चित समयपछि फ्रिजमा बिग्रिन्छन् । पकाएर राखेको खानेकुरा जस्तै भात, रोटी, दाल, तरकारी २४ घण्टापछि बिग्रन थाल्छ । त्यसैले २४ घण्टा बढी फ्रिजमा राखेको खानेकुरा खानु उचित हुँदैन ।

कसरी राख्दा खानेकुरा छिटो बिग्रिंदैन ?

सामान्यतया हामीले फ्रिजमा काँचो र पकाएको खाना सँगै राख्छौं । काँचो तरकारी र पकाएको खाना एउटै ठाउँमा राख्नाले फ्रिजमा ब्याक्टेरिया बढ्छ । यसले खाना छिट्टै बिग्रन्छ, त्यसैले काँचो र पकाएको खानालाई सधैं छुट्टै ठाउँमा राम्ररी छोपेर राख्नुपर्छ । फ्रिजमा  राखिएको खानेकुरालाई खानुअघि बाफ आउने गरी तताएर मात्र खानु उपयुक्त हुन्छ ।

यसो गर्दा खानेकुरामा भएको पोषक तत्त्व नष्ट हुन्छ  । खानेकुराबाट शरीरले प्राप्त गर्ने भिटामिन मिनरल्सको मात्रा प्राप्त नगर्न सक्छ । पेट भर्न खाना खाने हो भने फ्रिजमा राखेको खानेकुरा खान सकिन्छ । तर शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वहरूको लागि भने लामो समय फ्रिजमा राखेको खाना नखानु नै उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस