काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।
गत बुधबार अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उक्त विधेयकलाई गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।
उक्त प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीसमेतले शुक्रबार सर्वाेच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा
नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध : रवि लामिछाने
नागरिकता विधेयक प्रमाणीकरणपछि शंकर पोखरेलले उठाए ५ प्रश्न
राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण