इटहरीले थाल्यो पेट्रोल गाडीलाई विद्युतीय बनाउने अभियान

सफल खबर संवाददाता

शुक्रबार, १९ जेठ २०८०, १४ : १६
इटहरीले थाल्यो पेट्रोल गाडीलाई विद्युतीय बनाउने अभियान

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नका लागि अनुसन्धान सुरु गरेको छ ।सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतिय सवारीमा रुपान्तरणको तयारी सुरु गरेको हो ।

 

पहिलो चरणमा दुई वटा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण र विस्तृत अनुसन्धान गर्नका लागि सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।पालिकाले उपलब्ध गराएको मोटरसाइकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमती भएको उनले बताए ।

 

संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार पहिलो चरणमा अनुसन्धान सुरु गरेको पौडेलले बताए ।

देशमै पहिलो पटक स्थानिय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले छ महिना भित्र २ वटा पेट्रोल मोटरसाइकललाई बिधुतीयमा रुपान्तरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस