सिटिइभिटीको गाडी सुनकोसीमा खस्दा तीन जना बेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, १९ जेठ २०८०, १२ : ५९
सिटिइभिटीको गाडी सुनकोसीमा खस्दा तीन जना बेपत्ता

काठमाडौँ।सुनकोसी नदीमा सिटिइभिटीको गाडी खस्दा तीन जना बेपत्ता भएका छन्।भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको गोलन्जोर गाउँपालिका- ७ को लौकुनबाट सुनकोसीमा खसेको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ। गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका छन् । बेपत्ता भएकाको स्थानीय र प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस