अब आइएमई पेमा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १३ : ४०
अब आइएमई पेमा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका

काठमाडौं । आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन१४’नामक सो अफर जेठ१८ गतेदेखी असार ३० गतेसम्म डेढ महिना चल्ने छ। सो अफरमा ग्राहकले आइएमई पेको 'रु१४ मा आइफोन१४' देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन् ।यो गेम ग्राहकले जतिपटक पनि रु१४ तिरेर खेल्न पाउनेछन्।

आइफोन जित्ने ग्राहकको आइएमईपेबाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एकहप्ता भित्र आइएमई पेमा फिर्ता हुनेछ।