दिक्तेलमा नबिल बैंकको शाखा विस्तार

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १२ : २७
दिक्तेलमा नबिल बैंकको शाखा विस्तार

खोटाङ।  नबिल बैंकले खोटाङको दिक्तेल बजारमा शाखा विस्तार गरेको छ । केही समय अघिदेखि कारोबार सुरु गरेको नबिलको २३४ औं दिक्तेल शाखा बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले उद्घाटन गरेका छन् ।

थप ३८ वटा नयाँ शाखा विस्तारका क्रममा दिक्तेल शाखा औपचारिक रुपमा उद्घाटन गरिएको नबिल बैंक दिक्तेल शाखाका प्रमुख डिल्ली कार्कीले बताए । ‘हजुर हामी सँगसँगै’ भन्ने नारा आत्मसाथ गरेको बैंकको शाखा संख्या हालसम्म २५५ पुगेको छ । 

बैंकले बचत निक्षेपमा ७.४० प्रतिशत र मुद्धति निक्षेपमा ९.९९ प्रतिशतसम्म व्याज प्रदान गर्दैआएको जनाएको छ । ‘कर्जातर्फ सुलभ दरमा कर्जा लगानी गर्दैआएको छ,’ शाखा मेनेजर कार्कीले भने, ‘घर कर्जामा १०.९९ प्रतिशत लगानी गरिआइएको छ ।’ हालसम्म बैंकको एक्स्टेन्सन काउण्टर संख्या १८, शाखा रहित सेवा आठ र एटिएम सेवा २८३ पुगेको छ । गत बैसाख मसान्तसम्ममा बैंकको कुल निक्षेप तीन खर्ब ७३ अर्ब ८९ करोड संकलन गरी तीन खर्ब ३४ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको कार्कीले बताए । 

कार्यक्रममा सहभागी अतिथिले बैंकलाई स्वरोजगार र आत्मनिर्भर बनाउनेगरी लगानी गर्न सुझाव दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष राई, विशेष अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका वडाध्यक्ष ध्रवबिक्रम राई, उद्योग बाणिज्य संघका अध्यक्ष राजन आचार्य र बुद्धिजिवी पवन थापाले शुभकाना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नबिल बैंकका प्रदेश क्लष्टर हेड टोपप्रसाद अगस्तीको सभापतित्वमा सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस