महिला टि-२० क्रिकेट

नेपालद्धारा मलेसिया २७ रनले पराजित

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, ११ : ५७
नेपालद्धारा मलेसिया २७ रनले पराजित

काठमाडौं । मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेलमा नेपालले सहज जित हात पारेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११० रन बनाएको थियो ।आज नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २७ रन बनाइन ।
त्यसैगरी ज्योति पाण्डेले २३, सीता रानामगरले २१,इन्दु बर्माले २० र कबिता कुँवरले २ रन बनाइन् । बलिङतर्फ मलेसियाका लागि निक नुरले २ तथा विकेट लिईन् ।नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रनमात्रै बनाउन सक्यो ।

पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।भने सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो ।

५ खेलको शृंखला मा आजको जितसँगै नेपालले २-१ ले अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस