दौतरी भेट्दा रसाय प्ररचन्डका ऑखा ,भने बाल्यकालमा संगै गुच्चा खेलेको याद आयो

आइतबार, १९ कार्तिक २०७४, ०७ : ५७
दौतरी भेट्दा रसाय प्ररचन्डका ऑखा ,भने बाल्यकालमा संगै गुच्चा खेलेको याद आयो

 

शिवनगर । अगाडी सानो टेबल, पछिल्तिर ५, ७ प्लास्टिकका कुर्चीहरू ! मालाले ढाकिएका नेताहरू माझ बिस्मृतिमा डूबेका प्रचण्ड ! “ओहो, आमा तपाई ?’ कार्यक्रम संचालन भईरहेको बेला एक जना बृद्दा माला लिएर आफु सामु देख्दा प्रचण्डको मुखबाट निस्कियो, “सन्चै हुनु हुंछ नि ?” बृद्दाले प्रचण्डको हात अघि बढाईन । प्रचण्डले कसिलो हातले बृद्द हातहरू च्यापे ! बृद्दाले दुबै हातले प्रचण्डको गाला मुसारिन । लाग्थ्यो, प्रचण्ड सानो बालक हुन र मेलापातमा भेटिने आफ़ंतिहरूले उनलाइ माया गरिरहेका छन ।

उता देवि ज्ञवाली माईकमा थिए, चितवन-३ बाट प्रदेश सभाका उम्मेदवार कृष्ण भूर्तेल र रामलाल महतोले बोलिरहेका थिए । यता प्रचण्डको गालामा मालाहरु थपिदैं थिए, छबीलाललाई काखमा लिएर खेलाउनेहरूको न्यानो स्पर्शले प्रचण्ड भावुक भइरहेको स्पस्ट देखिन्थ्यो उनको मुहारमा । र, देवीको उदघोषसँगै प्रचण्डले माइक समाते । एक छिन मौनता, सबैका आँखा प्रचण्डतीर । “आदरणीय बुवा आमा, काकाकाकी....” प्रचण्डले बोल्न सुरु गरे । उनको स्वरमा आद्रता थियो । “म आज अरु ठाऊमा बोले ज़स्तो सम्बोधन गर्न सक्दिन ।” प्रचण्डले भने, “मलाई हुर्काउने आमा बुवा, काकाकाकी, मसँग पढ़ने, गुच्चा खेल्ने साथीभाई यहाँ छन, म भावुक बनेको छू । अरु ठाऊ ज़स्तो भासण गर्न सक्ने अवस्था छैन । प्रचण्डले यसो भनेपछि शिवनगरका वासिंदाहरूमाझ निस्तब्धता छायो एक छिन । “जीवनका कैयन घुम्ती र संघर्ष पार गर्दै आज उम्मेदवारको रूपमा तपाईहरू माझ आएको छु ।” प्रचण्डका आँखा रसाए, “जे सिके, देशका लागि जे गर्न सकें, सबै तपाईहरूले दिएको शिक्षा, माया र प्रेरणाले हो । यसका लागी तपाईहरुलाई धन्यवाद दिन चाहंछु ।” प्रचण्डले यी शब्द व्यक्त गर्दा उनलाइ सुनिरहेकाहरूका आँखा रसाए । शिवनगर, प्रचण्डको बाल्यकाल बितेको गाऊँ । उनले कैयन साथीहरू भेंटे सभामा ।

क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय उदघाटन गर्न एकाबिहानै शिवनगर पुगेका थिए ऊनी । “केही गर्न रहर छ, सांसद बन्न मात्र चुनावमा उठेको होईन “ प्रचण्डले भने, “एउटा समृद नेपाल बनाउने मेरो सपना हो, त्याहि अठोट बोकेर तपाई हरूमाझ आएँ । चितवनका जनताप्रति पूरा भरोसा छ । दण्ड दिनुहुंछ भने पनि स्वीकारछु तर त्यसको सम्भावना छैन ।” प्रचण्डले बोल्ने क्रममा कसैलाई आक्षेप लगाएनन, न त आश्वासन नै बांडे । ऊनी पुरै भावुक थिए ।

उमेरले ६३ पुगेका प्रचण्ड ! शिवनगर पुगदा स्मृतिका छालहरूले घेरिएका देखिन्थे । १५ मिनटको सम्बोधनमा उनले धेरै पटक गुच्चा खेल्ने साथीहरू सम्झिए । “बिहानले दिनको भविष्यवाणी गर्छ भन्ने उखान छ नी”, अन्तिममा उनले भने, “आज तपाईहरूले देखाएको माया र उपस्थितिले चुनावमा हामी परिवर्तनकारीहरूको भविस्य सुखद देखाएको छ । नमस्ते, अभिवादन !”

प्रतिक्रिया दिनुहोस