दैनिक ३ दाना छोकडा खाँदा शरीरलाई हुन्छन् यस्ता फाइदाहरु !

सफल खबर संवाददाता

बुधबार, १७ जेठ २०८०, १३ : ५०
दैनिक ३ दाना छोकडा खाँदा शरीरलाई हुन्छन् यस्ता फाइदाहरु !

एजेन्सी । छोकडा भन्नुस् या खजुर, यो फल मानव स्वास्थ्यको लागि अत्यन्तै लाभकारी छ। कतिसम्म भने, तपाईंले दिनको ३ वटा छोकडा एक हप्तासम्म लगातार खानुभयो भने, त्यसले नपत्याउँदो फाइदा दिने गर्छ । त्यो फाइदाबारे जानेपछि पक्कै पनि तपाईंले यो नरम नरम, गिलोगिलो, गुलियो स्वादिलो फललाई आफ्नो नियमित आहारामा सामेल गर्नुहुनेछ । आउनुहोस्, छोकडाको नियमित सेवनले हुने फाइदाहरुबारे केही जानकारी हासिल गरौं ।

१. आन्द्राको क्यान्सरको जोखिम कम गर्छ: छोकडाको सेवन गर्दा हाम्रो आन्द्रामा फाइदाकारी व्याक्टेरियाहरुको बृद्धि हुन्छ । यसको अर्थ के हो भने हाम्रो पाचन प्रणालीले राम्रो काम गर्न सक्छ । जब पाचनप्रणालीले राम्रो काम गर्छ, त्यसको अर्थ त्यहाँ हानिकारक किटाणुहरु पैदा भइरहेका छैनन्, खानेकुरा राम्रो पचिरहेको छ ।पाचनप्रणालीले राम्रो काम गर्नु भनेकै आन्द्राको क्यान्सर हुने जोखिम कम हुनु पनि हो । यस अर्थमा छोकडाको नियमित सेवनले आन्द्राको क्यान्सर हुने जोखिम कम हुन्छ ।

२. पाचन प्रणाली राम्रो हुन्छ: छोकडामा पर्याप्त मात्रामा प्राकृतिक फाइबरहरु पाइन्छ । एक कप छोडडामा १२ ग्राम जति फाइबर हुन्छ । त्यो भनेको दैनिक रुपमा मानिसलाई चाहिने फाइबरको मात्राको ४८ प्रतिशत हो । उचित मात्रामा खाइने फाइबरले हाम्रो शरीरको पाचन प्रणालीलाई स्वस्थ राख्न र राम्ररी काम गर्न मद्दत गर्छ, त्यसले कब्जियत पनि हुन दिँदैन । व्रिटिश जर्नल अफ न्यूट्रिसनमाप्रकाशित एक अध्ययन रिपोर्टअनुसार प्रतिदिन सात वटाको दरले २१ दिनसम्म छोकडा खाने मानिसमा उनीहरुले छोकडा नखाएको अवस्थामा भन्दा बढी राम्ररी पाचनप्रणालीले काम गरेको देखिएको थियो ।

३. शरीरमा शक्ति र स्फूर्ति बढ्छ: छोकडामा प्राकृतिक रुपमा नै चिनी, ग्लुकोज, फ्रुक्टोज र सुक्रोजहरु पाइन्छन् । यी सबै तत्वहरुले हामीलाई तत्कालै र तुरुन्तै शक्ति दिने गर्छ । अरु कृत्रिम शक्तिवद्र्धक पेयहरुपमा पाइँदै नपाइने फाइबर, पोटासियम, म्याग्नेसिम, भिटामिनहरु, एन्टिअक्सिडेन्ट जजस्ता तत्वहरु छोकडामा पर्याप्त मात्रामा पाइन्छ, जसले तपाईंलाई शक्ति दिने मात्रै हैन, चाँडै थाक्न पनि दिँदैन ।

४. मस्तिष्कको कार्यक्षमता बढाउँछ: खजुरमा भिटामीन बी६ पाइन्छ । यो भिटामीनले मस्तिष्कमा सेरोटोनिन र नोरेपिनेफ्रिनको उत्पादनमा मद्दत गरेर मस्तिष्कको क्षमता अभिबृद्धिमा मद्दत गर्छ । सेरोटिनले हाम्रो मुडलाई ठीक राख्ने काम गर्छ भने नोरेपिनेफ्रिनले चाहिँ हाम्रो शरीरलाई तनावहरुसँग जुध्ने क्षमता प्रदान गर्छ । एक अध्ययनलेडिप्रेसन भएका मानिसहरुमा भिटामीन बी६ को कमी भएको  देखाएको छ । जब मस्तिष्क तनावबाट मुक्त हुन्छ, राम्रो मुडमा हुन्छ, त्यो अवस्थामा उसले राम्ररी लेखपढ गर्न र सूचनाहरुलाई ग्रहण गर्न सक्छ ।

५.हेमरोइडको उपचार: हेमरोइड भनेको त्यो पीडादायी अवस्था हो, जसमा मासिनको मलद्वारका मुख र नसाहरुमा जलन हुन्छ र सुन्निन्छ । धेरै जसो अवस्थामा यो कब्जियतकै कारणले हुने गर्छ, जसले गर्दा मलद्वारको मुखको भागमा तनाव, जोड परेर त्यो स्थिति सिर्जना भएको हुन्छ । यो भनेको डरलाग्दो र पीडादायी अवस्था हो र यो जटील बन्दै जाँदा चिकित्सीय हस्तक्षेपकै जरुरत पर्न पनि सक्छ । तर सामान्यत: खानपीनहरुमा परिवर्तन गरेर कब्जियतबाट बच्नु नै यो समस्याको सबैभन्दा सजिलो र अचूक समाधान हो । कब्जियतबाट बच्ने एक मात्र उपाय भनेको प्रशस्त पानी पिउनु र धेरै फाइबर भएका खानेकुराहरु सेवन गर्नु नै हो । भनिबस्नु पर्दैन कि छोकडामा धेरै फाइबर हुने गर्छ । त्यसैले हेमोरोइडबाट बचाउन र हेमोराइड भइसकेको अवस्थामा पनि त्यसलाई क्रमश: निकोपार्दै जानको लागि छोकडाको सेवन फलदायी हुन सक्छ ।

६.मुटको लागि पनि फाइदाजनक: मुटुको लागि सबैभन्दा राम्रो खानेकुराहरुमा पोटासियम भएका खानेकुराहरु मानिन्छ । रमाइलो कुरा के छ भने छोकडामा पोटासियम पनि पाइन्छ । छोकडामा पाइने पोटासियमले खराब कोलेस्ट्रोललाई घटाएर हाम्रा रक्तधमनीहरुमा अवरोध पुग्न दिँदैन ।

फलत: हामीलाई हृदयघात हुने समस्याबाट पनि यसले जोगाउँछ भन्दा अत्युक्ति नहोला । बुढी आइमाइहरुमा गरिएको एक अध्ययनलेपोटासियमले हृदयघात, मस्तिष्कघात र अकाल मृत्यको खतरा कम गर्ने देखाएको थियो ।छैन त छोकडाको गुणकारी फाइदाहरु ? बजारमा सजिलै र सस्तैमा किन्न पाइने यो गुणकारी फललाई अब तपाईं हामी पनि हाम्रो आहारामा नियमित समावेश गर्ने हो कि ?

प्रतिक्रिया दिनुहोस