पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनी कालोसूचीमा

सफल खबर संवाददाता

बुधबार, १७ जेठ २०८०, ११ : १३
पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । समयमा काम पूरा नगरेका पप्पु कन्स्ट्रक्सनसहित २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कम्तिमा एक वर्षदेखि बढीमा तीन वर्षसम्म सार्वजनिक खरिद कार्यमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीहरुले उक्त अवधिभर सरकारी, गैरसरकारी तथा सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

 

प्रतिक्रिया दिनुहोस