बजेट शतप्रतिशत कार्यान्वयन हुन्छ : अर्थमन्त्री डा. महत

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, १५ : ११
बजेट शतप्रतिशत कार्यान्वयन हुन्छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट कार्यान्वयन गर्नेमा शंका उपशंका नगर्न आग्रह गरेका छन । मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले यसपाली भिन्न किसिमले बजेट प्रस्तुत भएकाले शतप्रतिशत कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

उनले भने, 'यसपाली बजेट भिन्न किसिमले आएको छ । बजेट त आएको हो तर कार्यान्वयन हुन्छ र रु भन्ने प्रश्न विगतमा उब्जिने गरेको भएपनि यसपटक बजेट कार्यान्वयन गर्न सकिन्छ।'

साथै अर्थमन्त्री महतले सांसद विकास कोष कुनै एक व्यक्तिलाई नभई निर्वाचन क्षेत्रको विकासका लागि दिइएको स्पष्ट पारे। आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री महतले एक निर्वाचन क्षेत्र ५ करोड रुपैयाँ दिने बताउनु भएको थियो । व्यापक विवादित सांसद विकास कोष ब्युँताइएको भन्दै यसको विरोध भइरहेको छ ।

सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत भएको छ।
 

प्रतिक्रिया दिनुहोस