शरणार्थी प्रकरणमा आरोपितको बयान जारी

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, १२ : ५०
शरणार्थी प्रकरणमा आरोपितको बयान जारी

काठमाडौँ । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान जारी छ । आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान लिन सुरु भएको स्रोतले जनाएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान लिन सुरु गरिएको छ । केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइ सकिएको छ ।

सो शरणार्थी प्रकरणमा जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरुको बयान लिन थालिएको हो । ३२ जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने अझै १३ जना फरार छन् ।

प्रतिक्रिया दिनुहोस