अक्सफोर्ड कलेज गैडाकोटले पायो अन्तराष्ट्रिय क्वालिटि अवार्ड

सुरेन कुँवर

शनिबार, १२ साउन २०७५, १६ : ३६
अक्सफोर्ड कलेज गैडाकोटले पायो अन्तराष्ट्रिय क्वालिटि अवार्ड

चितवन । अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैडाकोटले ‘इन्टरनेश्नल स्टार फर लिडरसिप ईन क्वालिटि २०१८’ को स्वर्ण पदक प्राप्त गरेको छ ।
विश्व १ सय १९ राष्ट्रको सहभागिता रहेको कार्यक्रममा अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टले प्रथम स्थान हासिल गरेको हो ।
कलेजले शनिबार पत्रकार सम्मेलन मार्फत अवार्डको बारेमा जानकारी गराएको छ । कलेजले फान्सको राजधानी पेरीसमा भएको २२ औं अन्तराष्ट्रिय कन्भेक्सनबाट कलेजका प्रार्चाय हरि भण्डारीले एक भव्य समारोहका बिच पदक ग्रहण गर्नु भएको थियो ।

यो कार्यक्रम जुन ३० र जुलाई १ मा फान्सको पेरीसमा सम्पन्न भएको थियो । यो पदक स्पेनको राजधानी मेड्रीटमा रहेको बिजनेस इनिटेटिभ डिरेक्सन ( बिआइडि) ले गुणस्तर ,नेतृत्व र व्यवस्थापनको आधारमा मुल्याङकन गरि अवार्ड प्रदान गर्ने गरेको छ ।

भण्डारीले विश्वका करिब ९० जना विज्ञहरुको सिफारिस ,आन्तरिक मुल्याङकन र भोटिङको आधारमा अक्सफोर्ड कलेजले सम्पुर्ण मापदण्डहरु पुरा गर्दै पदक जित्न सफल भएको प्रतिक्रिया दिनुभयो ।
नवलपुरको गैडाकोटमा अवस्थित अक्सफोर्ड कलेजले २०५७ साल देखि इन्जिनियरिङ ,व्यवस्थापनमा कम्प्युटर विज्ञान साथै विभिन्न शंकायमा पठनपाठन गर्दै आईरहेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजका विद्यार्थीहरुले हरेक बर्ष जस्तो डिन लिष्ट अवार्ड प्राप्त गर्ने गरेका छन् । ७७ जना विद्यार्थीले डिन लिष्ट अवार्ड प्राप्त गर्न सफल भएको प्रिन्सिपल भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस