विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १७ : २७
विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने

काठमाडौं। सरकारले विदेशी लगानीकर्ताहरुको समेत सहभागितामा पूर्वाधार फन्ड स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनाका लागि कानूनी व्यवस्था गरिने बताए ।

पूर्वाधार आयोजनामा निजी पुँजी परिचालन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनासम्बन्धी कानूनी व्यवस्था गरिने उनले बताए ।‘राष्ट्रिय महत्त्वका आयोजनामा भायविलिटी ग्याप फन्डको व्यवस्था गरी निजी क्षेत्रलाई आकर्षित गरिने छ, त्यस्तै राष्ट्रिय महत्त्वका ठूला पूर्वाधार आयोजनामा सार्वजनिक निजी साझेदारी अन्तर्गत हाइब्रिड एन्युटी मोडलबाट निर्माण गर्न सक्ने गरी कानूनी व्यवस्था गरिनेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस