आमिर खानको फिल्म ‘च्याम्पियन’मा सलमानको स्थानमा रणवीर

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १३ : ०४
आमिर खानको फिल्म ‘च्याम्पियन’मा सलमानको स्थानमा रणवीर

मुम्बई। वर्षको सुरुवातमा अभिनेता सलमान खानले आमिर खानको फिल्म ‘च्याम्पियन’मा अभिनय गर्ने चर्चा थियो । आमिरले बनाउन लागेको स्पेनिस फिल्म ‘क्याम्पिओनिस’को हिन्दी रिमेकका लागि आमिर लामो समयदेखि समय दिइरहेका छन् ।फिल्मका लागि आमिरले सलमानलाई प्रमुख भूमिकामा प्रस्ताव गरेका थिए । सलमानलाई प्रस्ताव गरेको लामो समयसम्म पनि फिल्मको काम अघि नबढेपछि सलमान फिल्मबाट पछि हटेका छन् ।

अब फिल्ममा सलमानले अभिनेता रणवीर कपूरलाई प्रस्ताव गरेका छन् ।‘सुरुवातमा सलमानले यो फिल्ममा अभिनय गर्नका लागि चासो देखाएका थिए । तर फिल्मको रिलिज मितिसँग सलमान डराएपछि उनी आमिरको फिल्मबाट पछाडि सरेका छन् । किनकी आमिरको फिल्मसँग सलमानको फिल्म जुध्ने भएपछि सलमान पछि हटेका हुन्’, फिल्म निकट स्रोतले भन्यो ।सलमान ‘च्याम्प्यिन’बाट पछि हटेपछि आमिरको ध्यान रणवीरप्रति मोडिएको छ ।

रणवीरले फिल्मको न्यारेसन सुनेका छन् र उनले काम गर्ने इच्छा देखाएका छन् । ‘केही समययता रणवीरले चाख लाग्दा फिल्ममा अभिनय गरेका छन् । स्क्रिप्ट र जनरा छनोटमा उनको चासो बढी छ । रणवीरको अभिनयबाट प्रभावित भएका आमिरले आफ्नो फिल्ममा उनलाई फरक अवतारमा देखाउन चाहन्छन्’, स्रोतले भनेको छ ।फिल्ममा आरएस प्रसन्नको निर्देशन रहनेछ । फिल्म सन् २०२४ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस